विराटनगर। सिंघिया खोलामा बाढी आउँदा २५ परिवार विस्थापित भएका छन्। मंगलबार बिहान खोला किनारका वस्तीमा बाढी पस्दा विराटनगर –८ का २५ परिवार विस्थापित भएका हुन्।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगरमा खोला किनारका अन्य वस्ती पनि बाढीको जोखिममा रहेका छन्।
लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोलाको बाढी वस्तीतर्फ पसेको छ। खेती खोला, बूढी खोला र सुकुमारी खोलामा पानीको बहाव बढेको छ।