काठमाडौं। मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने भएको छ। इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको हो।
योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टिभी र एकजनाले वासिङ मेसिन जित्न सक्ने इसेवाले जनाएको छ।
साउन ३१ गतेसम्म संचालन हुने यस योजनामा विजेता चार जनाले आफूले रोजेको पुरस्कार पाउन सक्ने बताइएको छ।
बिजेताहरु गोलाप्रथा मार्फत चयन गरिने र योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुने इसेवाले जनाएको छ।
योजनामा सहभागी हुन इसेवामा भेरिफाइड भएको हुनुपर्ने शर्त कम्पनीको छ। अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ।