पाल्पा। अविरल वर्षासँगै घर भत्किएर पुरिँदा बिहिबार स्याङ्जामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० दुविनडाडाका १२ वर्षीया रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ।
आज बिहान साढे ६ बजे घर भत्किएर उनिहरू पुरिएका थिए। घाइते भएकी रेखालाई उपचारको लागि गल्याङ सामुदायीक अस्पतालमा ल्याउँदा आजै बिहान साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
रेखाका दाइ १६ वर्षीय लक्ष्मण भट्टराई घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। अवस्था सामान्य रहेको खनालले बताए। उनीहरू सुतिरहेको अवस्थामा घर भत्किएर पुरिएका थिए।
गोठसाले घरमा उनीहरू बस्दै आएका थिए। यही पशु चौपाया पनि बाँधिएका थिए। घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।