काठमाडौं। निरन्तर वर्षाको कारणले गर्दा विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ। भारी वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल कार्यालयले जानकारी गराएको छ।
आइतबार देखि निरन्तर रुपमा आएको वर्षा नरोकीएको कारणले बुधबार बिहान विमानस्थलमा पनि बाढी पसेको हो। बाढीको कारण विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल छ।
बाढीले विमानस्थल डुवान भएपछि विमानस्थलको सेवा अवरुद्ध भई उडान पनि प्रभावित भएको छ। बुद्ध एअरले काठमाडौं–विराटनगरका लागि आज निर्धारित भएको उडानहरू रद्ध गरेको सुचना मार्फत जानकारी दिएको छ।