काठमाडौं। बागलुङमा बसको ढोकाबाट खसेर १ यात्रुको मृत्यु भएको छ। बसको ढोकाबाट खसेर रुकुमका २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो।
काठमाडौंबाट रुकुमका लागि छुटेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट खसेर बस्नेतको मृत्यु भएको हो।
शनिबार बिहान ५ः४० बजेको समयमा गलकोट नगरपालिका–११ रिघा फेँदिमा सडकमा खरायो देखेपछि समात्न बसको ढोकाबाट झर्ने क्रममा बसले ठक्कर दिएर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्युु भएको हो।
मध्येपहाडी लोकमार्गको बागलुङ(बुर्तिवाङ खण्डको रिघा फेँदीमा सडकमा खरायो देखेपछि समात्न बसबाट झरेका बस्नेतलाई बसले ठक्कर दिएर टायरमुनि परेर घाइते भएपछि उपचारको क्रममा हटिया स्थित इमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।