धनुषा । पानीको बहाव थेग्न नसकेपछि कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखि भइरहेको अबिरल वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर सिरहा जोड्ने कमला नदीको पुल भासिएको हो ।
हुलाकी सडकको मेरुदण्ड कमला नदीको पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको बताइएको छ । पुलको पिलर दुई फिट जति भासिएको बताइएको छ ।
यसअघि गएको असारमा आएको बाढीले पूर्व तर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो । ९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो ।