काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी छन्।
काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको
जुट मिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग माग गरेकी हुन्।
उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन् ।
नेतृ कोईरालाले संग्रहालय बनाउन सके नेपाली काँग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी पनि गरिन् । नेतृ कोईरालाले नेपाली काँग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने भन्दै सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन् ।