पोखरा। पोखरामा रङ लगाउदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बसोबास गर्ने करिब ४० वर्षीय कृष्णबहादुर राना मगर रहेका छन्। मगरको हिजो दिउसो निर्माणाधीन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको हो।
मगरले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।