काठमाडौं। चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुन: निर्माण सम्पन्न भएको छ। २०७२ सालको गोरखा भुकम्पबाट क्षति पुगेको उक्त मन्दिरको पुरातत्व बिभाग, नगरपालिका र स्थानीयको सहयोगमा पुनः निर्माण सम्पन्न गरिएको हो। पुरातत्व बिभाग र चन्द्रागिरी नगरपालिकाको ६३ लाख र स्थानीयको २४ लाखको सहयोगमा मन्दिरको पुन: निर्माण सम्पन्न भएको हो। उक्त कार्यक्रममा चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरिले बलम्बुका द्वारे पुर्ण बहादुर महर्जनलाई सम्मान गरेका थिए। मन्दिरको निर्माण सम्पन्न भएसगै यस स्थानका स्थानिय खुसी भएका छ्न।