पोखरा। गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले आफ्ना स्वर्गीय बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्टाइएको पैसा नलिने घोषणा गरेका छन्।
मन्त्रि श्रेष्ठले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत स्वर्गीय बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्टाइएको बजेट नलिने घोषणा गरेका हुन् । उनले आफ्नो राजनिति सधैं जनताको सेवाको लागि भएको, कर्म समाज बिकासको लागि भएको हुदा गल्ति भए माफ गरिदिन र कमिकमजोरी भए सच्चिने मौका दिन अनुरोध गरेका छन्।
मन्त्रि श्रेष्ठले फेसबुकमार्फत लेखेको स्टाटस:
मेरो राजनिति सधैं जनताको सेवाकोलागि मेरो कर्म सामाज बिकासको लागि गल्ति भए माफ गर्नु होला! कमिकमजोरी भए सच्चिने मौका दिनु होला१ श्रद्धेय वुवा, आमा दाजु भाइ तथा दिदी बहिनी हरूमा जय नेपाल ! गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रष्टको बजेट सङ्ग जोडिएर आज सामाजिक संजालमा विभिन्न टिप्पणी आए। म त्यो विषयमा अत्यान्त गम्भीर छु, मेरो स्व।पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। यो संस्था विगत १२ वर्ष देखि सन्चालनमा छ। म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रष्टलाई समाजमा रहेका त्येस्ता बर्गहरुको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर वजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ। आज समाजिक संजालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु। यो शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछ। म सधै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाई हो। मेरो वुवा आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु। मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना गर्दछु। जय जेपाल