काठमाडौं। बाढीका कारण मेलम्ची–हेलम्बु सडकमा यातायात अवरुद्ध भएको छ। वर्षाका कारण गएरातिको आएको बाढीले सडकमा क्षति पुर्याएपछि मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको हो।
हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक गत रातिको बाढीले क्षतविक्षत बनाएको स्थानीय बलसित खड्काले जानकारी दिए।
यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गएराति भारी वर्षा हुँदा ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा त्रासले घर बाहिर बस्न बसेका थिए।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
याे पनि:
मेलम्ची बाढीको एक वर्षः अझै सुरु भएन पुनःनिर्माणको काम