कञ्चनपुर। कञ्चनपुरमा रहेको महेन्द्रनगर विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका नेताहरूले माग गरेका छन्। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको टोलीले मन्त्री पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई बिहीबार भेटेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका हुन्।
भेटका क्रममा मन्त्री श्रेष्ठले विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्। २०५६ सालसम्म यो विमानस्थल सञ्चालनमा थियो। तर त्यसपछि बन्द अवस्थामा छ। विमानस्थल ५२ विघा क्षेत्रफलमा फैलिएको छ। साथै थप ५४ विघा जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था छ।
कांग्रेस नेता लेखक नेतृत्वमा मन्त्रालय पुगेको टोलीमा कांग्रेस कञ्चनपुरका सभापति एवं भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक जोशी, उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशी, नेता पदम बुढा, अफिलाल जोशीलगायत सहभागी थिए।