नुवाकोट। पहिरो खसेपछि टोखा–छहरे सडकखण्ड अवरुद्ध बनेको छ। नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जे भञ्ज्याङमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
आज बिहान सवा ३ बजे पहिरो खसेको बताइएको छ। पहिरो खसेको कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
याे पनि:
बेनीजोमसोम सडक खण्ड अबरुद्ध