सुर्खेत । अवरुद्ध भएको चार दिनपछि कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण आएको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आएको हो ।
कर्णाली राजमार्ग अन्तर्गतको खाँडाचक्र नगरपालिका–८ पिलीमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । पहिरोका कारण कालिकोट जुम्ला सडक खण्ड चार दिनदेखि अवरुद्ध थियो ।
सडकमाथिबाट ठुलो ढुङ्गा खसेको र ढुङ्गा पन्छाउन डोजरले नसकेपछि ड्रिल मेसिनद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बिष्फोट गरेर ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याएका हुन् ।