काठमाडौं। कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ। सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन्।
सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताए। उनका अनुसार यी पुल चार।पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन्। काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गरे।
समयमै पुल निर्माण नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। हेक्पा खोला र ताग्रुु खोलामा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सपना धुलिखेल निर्माण कम्पनीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले पहिलो वर्ष निर्माण सामग्री व्यवस्थापन गर्न, दोस्रो र तेस्रो वर्ष कोरोनाका कारण काम गर्न नसकिएको दाबी गरे। उनले हाल काम निरन्तर भइरहेको पनि बताए।
हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले हालसम्म सम्पन्न हुनुुपर्ने पुलहरूको निर्माण समयमै नभएको स्वीकार गरे। उनले यी पुल निर्माण गर्न आर्थिक वर्ष ०७५र७६ मा सम्झौता भए पनि हालसम्म पूरा हुन नसकेको बताए। आयोजनाले पाँच वर्षको अवधिमा हेक्पा र ताग्रु खोलाको पुलको ३५।४० प्रतिशत र सल्ली खोलाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ।
त्यसैगरी याङ्गार खोलाको पुलका लागि निर्माण सामग्री निर्माण स्थलमा पुगेको भए पनि काम भने सुरु भएको छैन। यी पुलको निर्माण कार्य ढिलो हुनुमा बहुवर्षीय योजना भएकाले पनि बताइएको छ। त्यसैगरी आयोजनाको दक्षिणी क्षेत्रतर्फ पर्ने खार्पुनाथको खार्पुको पुुल निर्माण गर्न निर्माण कम्पनी छनोट भएर सम्झौता भएको भए पनि काम भने सुरु हुन सकेको छैन। काम चाँडो सम्पन्न गर्न आयोजनाले बर्सेनि ताकेता गरे पनि त्यसको खासै प्रभाव भने नपरेको स्थानीय बासिन्दाले बताएका छन्। गोरखापत्रबाट
यो पनिः
स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो