ललितपुर। ललितपुरको एकान्तकुनाबाट विष्णुदेवी मन्दिर हुँदै नख्खु–भैंसेपाटी जाने सडक एकतर्फी बनाइएको छ।
ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर साउन १० गते मंगलबारबाट बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधनलाई निषेध गरेको छ।
यस्तै ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरेको छ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार बढ्दो सवारी चापका कारण एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा प्राय दुर्घटना हुने भएकाले उक्त क्षेत्र एकतर्फी गरेको जनाएको छ। उनका अनुसार सवारी जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि सानो सडक भएकाले एकतर्फी गरिएको हो।
ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार हामीले एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन मंगलवारदेखि नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको महानगर प्रमुख महर्जनले बताए ।
महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन क्षेत्र वान वे बनाइसकेको छ।