काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका छन् । प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै घिसिङले प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका हुन् ।
उनले भने, ‘आगामी दिन विद्युत् प्राधिकरण र ऊर्जा क्षेत्रको एकदमै उज्ज्वल छ, विद्युत् प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने आरोप लगाउँथे, प्राधिकरणले अहिले करिव २ हजार मेगावाटका ठूला आयोजना अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजनाअघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत् प्राधिकरणले पाउँदैछ।’
घिसिङले अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको जानकारी दिए ।