जाजरकोट। जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यातायात ठप्प हुँदा पर्यटक बीच बाटोबाटै फर्किएका हुन् ।
मंगलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका मालवाहक ट्र्याक्टर, साना ट्रकहरु सडकका दुई किनारामा रोकिएर राखिएको छ ।
पहिराका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिए । सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको बताइएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् ।