कास्की। पोखरा महानगरपालिका ३१ र रुपा गाउँपालिका वडानं. ६ को बिचमा रहेको रुपातालमाथी झोलुङ्गे पुल निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९७ हजार रुपैयाँ लगानीमा सो पुल निर्माण भएको हो।
नेपालमा रहेका तालमध्ये रुपातल माथी पहिलो पटक निर्माण भएको झोलुङ्गे पुलको गण्डकी प्रदेशका सांसद एवं बिकास समितिका अध्यक्ष दिपक कोईरालाले उद्घाटन गरेका छन्। सो पुलको लम्बाई २ सय ६९ मिटर रहेको छ।
तेज जगदम्बा रुजान जेभी.ले २०७६ जेष्ठ महिनामा सम्झौता गरी भर्खरै मात्र सम्पन्न गरेको सो झोलुङ्गे पुल निर्माण भएपछि पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोडिएका छन् भने स्थानियहरुलाई करिब ३ घण्टाको पैदल यात्रा गरी यातायातका साधन भएसम्म पुग्नुपर्ने समस्याको अन्त्य भएको छ।
पुल नहुँदा स्वदेश तथा बिदेशबाट आउने पर्यटकहरुलाई ओहोर–दोहोर गर्न र अत्यावस्यक सामग्री गाउँसम्म पुर्याउन समस्या रहँदै आएको थियो।
यो पनिः
मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल