काठमाडौं। बजेटमा करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ।
शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासमक्ष समितिले तयार पारेको प्रतिवेदन पेश गरेका हुन्।
सभामुखको निजी सचिवालयका अनुसार संघीय संसद भवनको शंकर हलमा पुगेर समितिले सभामुख समक्ष शुक्रबार दिउँसो प्रतिवेदन पेश गरेको हो।
गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले टेबुल गरेको आर्थिक वर्ष २०७९/०८०को आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय सार्वजनिक भएपछि असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो।
याे पनि:
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी