काठमाडौं। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रस्ट पुल निर्माण पूरा भएको छ। बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि पुल निर्माण भएको हो।
पुल निर्माणका लागि हेल्भीटासले २६ लाख ३६ हजार रुपैयाँ र गाउँपालिकाले ४ लाख रुपैयाँ लगानी गरेका छन्। पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस) ले गरेको छ। स्थानीयको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताइएको छ।
निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ। यसबाट सो क्षेत्रका ६०० बढी घरधुरी लाभान्वित भएका छन्। वर्षातका बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो।
यो पनिः
मदुवा घाटमा १५० मिटर लामो पुल निर्माण सम्पन्न