काठमाडौं । नयाँ बानेश्वरमा आकाशे पुल सञ्चालनमा आएको छ । दशैंअघि नै निर्माण सम्पन्न भएको आकाशे पुल केही दिन ढिला गरी सञ्चालनमा ल्याइएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार उपत्यकामा अहिले भइरहेका आकाशे पुलभन्दा यो पुल आकर्षक र सुन्दर छ । संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको डिभिजन कार्यालयले जनाएको छ ।
बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने डिभिजन प्रमुख कुबेर नेपाली बताए ।
३८ मिटर लम्बाइ रहेको यो पुल विसं २०७६ वैशाखमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला निर्माण सम्पन्न भएको हो।