बाँके। नेपालगञ्जमा सडक र सतही नाला व्यवस्थापनको काम धमाधम भइरहेको छ। एकीकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगञ्ज बजार क्षेत्रका सडक धमाधम कालोपत्र गरिरहेको हो।
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इञ्जिनीयर शैलेन्द्र महर्जनले जानकारी दिए। कम्तीमा ६ मिटरदेखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको उनले बताए।
आयोजना अन्तर्गत करीब १ अर्ब ६४ करोड रुपैयाँको लागतमा सडक, नाला निर्माणको जिम्मा कालिका, जेटीटीएसजेरजेभीलाई दिइएको छ।
यो पनिः
प्लास्टिकबाट ३३० मिटर लामो सडक निर्माण