सुनसरी। सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारी र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट भएको छ। प्रधानमन्त्री र अंसारीबीच बुधबार प्रधानमन्त्री निवासमा भेट भएको हो।
भेटमा अध्यक्ष अंसारीले काकडभिट्टा–लौकही–कोशी व्यारेज सडक खण्डलाई चार लाईनको बनाउन प्रधानमन्त्री समक्ष माग गरे।
अंसारीले काकडभिट्टादेखि रामधुनीको सीमा कान्छी चौकसम्म ९६ किलोमिटर चारलेन मात्रै विस्तार नगरी सोही मापदण्ड अनुसार कोशी व्यारेजसम्म विस्तार गर्नुपर्ने माग गरेका छन्।
प्रधानमन्त्री देउवालाई अध्यक्ष अंसारीले सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालिकामा रहेका ऐतिहासिक मठमन्दिरको संरक्षण तथा सम्वद्र्धन गर्दै धार्मिक पर्यटनको विस्तारमा ध्यान दिन र कोशी टाप्पु बन्यजन्तु आरक्षको जनावर र मानवद्धन्द्धलाई अन्त्य गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिन आग्रह समेत गरेका छन्।
उनले कोशी गाउँपालिकाको सीमावर्ती क्षेत्र लौकहीमा रहेको छोटी भन्सार कार्यालयलाई मुुल भन्सार कार्यालयको रुपमा परिणत गर्न समेत आग्रह गरे।