स्याङ्जा। अर्जुन चौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ। सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरे खोलामा एक बर्षमा मोटरेबल पुल निर्माण भएको हो।
उक्त ठाउँमा पुल निर्माण हुदाँ नागडाँडा आँधिखोला हुँदै पर्वत जाने सेतीखोला पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो। सम्झौताको ६ महिनामा दुबै तर्फका खोला किनारमा पुलको फाउण्डेसन बनाएको सेतिदोभानमा आठ बर्षमा निर्माण सकिएको हो। कान्छाराम आशीष जेभीले २०७१ असोज २६ गते सडक डिभिजन कार्यालय पोखरासँग दुई वर्षमा काम सक्नेगरी निर्माणको जिम्मा पाएको थियो।
४० मिटर लम्बाइ र सात मिटर चौडाइको एक स्पानको पुल तीन करोड २७ लाख रुपियाँको लागतमा सम्झौता भएको थियो। निर्माणको काम चार वर्षपछि सम्पन्न भएको छ। पर्यटकीय गाउँ सिरुबारीलगायतका ठाउँमा जान पुल नबन्दा समस्या भएको थियो। पुल बनेसँगै लामो समय देखिएको स्थानीयको पुलबाट सवारीसाधन चढ्ने चाहना पूरा भएको गाउँपालिकाले जनाएको छ।
पूर्वाधार विकास कार्यालय स्याङ्जासँग निर्माण कम्पनीले २०७८ जेठ १६ गते सम्झौता गरेकोमा पुल समयमै सकेको आयोजनाले बताएको छ। दुई करोड १५ लाख ९६ हजार ५६४ रुपियाँ ९३ पैसामा पुल निर्माण भएको छ। समयमा पुल निर्माण भएसँगै अर्जुन चौपारी, फलेबास पर्वत, बाग्लुङ जाने सयौं यात्रुलाई सहज भएको छ।