काठमाडौं। पहिरोका कारण अवरुद्ध भएको चितवनको नारायणगढ मुग्लिन सडकखण्ड संचालनमा आएको छ। भरतपुर महानगरपालिका–२९ पर्ने मौरी खोल पुल नजिकैको केराबारीमा लेदोसहित पहिरो झरेपछि अवरुद्ध बनेको सडक पुन सञ्चालनमा आएको हो।
आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको थियो। सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाइएको हो।
केहीदिन अघि पनि यही स्थानमा पहिरो गएको थियो। त्यसबेला लेदोसहितको पहिरोमा भारतीय गाडी फसेको थियो। प्रहरीले गाडीमा रहेका सबैको उद्धार गरेको थियो।
याे पनि:
मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध