धनकुटा। अविरल वर्षाका कारण पहिरोले पुर्दा महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ। पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू दुवैलाई उपचारको लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताइएको छ।
पहिरोले पुर्दा बुढाथोकीको घर, अन्नपात, सुनचाँदी, नगद गरी करिब ४० लाख र कटुवालको घर र सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको बताइएको छ।