रुकुम। मुसीकोट नगरपालिका ६ भण्डारीकाँडादेखि वडा नम्बर २ को राउखेतसम्मको सडक स्तरोन्नति गरिने भएको छ। भण्डारीकाँडाबाट सुरु गरेर राउखेत जोडिने उक्त सडक कालोपत्रे गरिने बताइएको छ।
कालोपत्रेको काम यहि वर्षबाट सुरु गरिने नगरप्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सडक कालोपत्रे गर्नकालागी एक अर्ब रुपियाँ बराबरको बजेट आएको र सो बजेट प्रदेश सरकार मार्फत कार्यान्वयन हुनेछ।
कालोपत्रे गरिने यो वहुवर्षीय योजना भएको पनि उहाँले उल्लेख गर्नुभयो। उक्त सडकको कालोपत्रे भएपछि यस ठाँउमा यात्रा गर्न सहज हुने विश्वास गरिएको छ।