बागलुङ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
लोकमार्गको निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा भीषण पहिरो खस्दा यातायातका साधानहरु ठप्प भएका छन्। पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिकाले जनाएको छ।
निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै शुरु गर्ने बताइएको छ। पहिरो निकै ठूलो भएको हुँदा सडक खुलाउन केही समय लाग्नसक्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सडक तत्कालै खुलाउनका लागि डोजर परिचलान गर्न थालिएको बताएको छ।
सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौैका लागि छुटेको सवारी साधनहरु अलपत्र परेका छन् भने निसीखोलादेखि पोखरा, काठमाडौँ, बागलुङ लगायतका स्थानमा पुग्ने गाडीहरु झिवाखोलामा रोकिएका छन्। सडक खुलाएर रोकिएका यातायातका साधनलाई गन्तव्यमा पठाइनेछ।