काठमाडौं। भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल बाह्र वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। निर्माणमा ढिलाई भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।
स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार विसं २०७० मा सक्नु पर्ने थियो। पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले जनाएको छ। अब पुललाई पूर्णता दिन नयाँ बोलपत्र आह्वान गरिने कार्यालयको भनाइ छ। खरिबोटबाट