बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाले सिंचाई कुलो निर्माण गर्ने भएको छ। कृषकको समस्यालाई बुझी उक्त कुलो निर्माण गर्न लागीएको हो।
रत्ननगर नगरपालिकाका अनुसार कृषकलाई मध्यनजर गरी सिंचाई कुलोको निर्माण गर्न लागीएको हो। वर्षाको समयमा पानी प्रसस्त मात्रामा उपलब्ध भएतापनि कुलोको अभावका कारण यस क्षेत्रका कृषकहरुले समस्या भोग्दै आएका छन्। उक्त कुलोको निर्माण पछि यस क्षेत्रका किसानहरुलाई सहज हुने विश्वास गरिएको छ।
तोकिएको समय भित्रमा काम सम्पन्न गरी हस्तानतरण गर्ने उद्धेश्यका साथ श्री प्रनिश कन्स्ट्रक्सनले करिब साढे अठार लाख लागतमा ठेक्का लिएको छ। गुणस्तरीय काम गरी यस क्षेत्रमा सिंचाई कुलोबाट कृषी क्षेत्रमा टेवा पुर्याउने ठेकदार कम्पनिले जनाएको छ।