काठमाण्डौं-दमकको निर्माणाधीन भ्युटावरको ठेक्का विदेशि कम्पनीसँगको जोइन्ट भेन्चर कम्पनीले लिएको भएता पनि स्थानीय कम्पनीले नै काम गरेको भन्ने कुरामा प्रश्न खडा भएको छ । जुन कार्य पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनजरमा भइरहेको छ ।
भ्युटावर निर्माणको लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले चिनियाँ कम्पनी जेडसीजीआईईसी सहित आशिष ओम साइराम निर्माण कम्पनी जेभीसँग १ अर्व ५६ करोड १४ लाखको सम्झौता गरेता पनि निर्माण कार्यमा विदेशी निर्माण व्यवसायीको संलग्नता रहेको छैन ।