गुल्मी। कालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीय बासिन्दाले फड्के पुल निर्माण गरिएको छ। जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमा बड्हरेमा खोला बढेर आवातजावतमा समस्या भएपछि उनीहरू मिलेर फड्के पुल निर्माण गरेको हो।
वर्षायामको समयमा खोला बढ्ने र आवतजावत गर्न समस्या भएकाले स्थानीयहरू मिलेर फड्के पुल निर्माण गरेको उनीहरूले जनाएका छन्।
कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा उक्त फड्के निर्माण भएपछि वर्षायामको समयमा पनि आवतजावत गर्न सहज भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ। खोला बढ्दा पैदल यात्रीलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले फड्के निर्माण गरिएको हो।
यसअघि २०७७ सालमा स्थानीय बासिन्दाले बनाएको फड्के पुल यही असारमा आएको बाढीले बगाएपछि बकेवा र पाँहादीका बासिन्दा मिलेर फेरि फड्के निर्माण गरेका हुन्।