काठमाडौं। नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म बन्न नसकेको बताए। उनले सरकारको निकायहरूले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताए।
सांसद शाहीले जुम्लाका जनताहरूले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिँड्ने बाटोमै हिँड्न भन्ने सरकारले उद्देश्य राखेको जिकिर गरे। उनले भने, ‘कर्णाली करिडोरको सलीसल्ला भन्ने ठाउँमा एउटा बेलिब्रिज बनाउनका लागि ३ वर्ष म सिंहदरबार धाउँदा धाउँदा हरेक नियम, कानुन लागू हुन थाले। आज बाटै नभएको ठाउँमा पुलहरू बनेका छन्। त्यसमा नियम, कानून केहीपनि लाग्दैन रे । एउटा हुम्ली जनताले एम्बुलेन्स चढ्न पाउँ।
गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानून लगाइन्छ। मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ। आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन्। हुम्ली जनताले अझै पनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो।’ उनले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताए। कारोबारबाट