नागढुङगा सुरुङमार्ग थानकोट र सिस्नेखोला मुख्य तथा सहायक दुवै मार्गवाट निर्माण कार्य भइरहेको छ र हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको छ ।
यस आयोजनाका प्रमुख नरेशमाण शाक्यको अनुसार करिब २ दर्जन जापानीज प्राविधिक सहित ६ सय जना कर्मचारीहरुले काम गरिरहेका छन् । आयोजनाको लक्ष्यभन्दा १ महिना ढिलो काम भइरहेको र स्थानीयको विरोध र कोभिड महामारीको कारण निर्माण कार्यमा अवरोध आई ढिला भएको हो ।
हाल महिनामा ३०० मिटर काम भइरहेको र आउदो महिनावाट यसको गति वढि ३५० मिटरसम्म काम गर्न सक्ने कुरा आयोजना प्रमुख शाक्यको भनाइ छ । उनले भने मुआब्जा निर्धारण नभएसम्म फलाइ ओभरको काम अघि वढाउन नसक्ने र सुरुङमार्ग र सडक जोडने कार्यमा ढिलाई भइरहेको छ ।