काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपालियाले निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार बिहान ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्नेमा जोड दिए ।
निर्वाचनमा सामाजिक सञ्जाललाई ‘नाइँ’ भन्न नसकिने तर ‘हाई’ भन्न मनले नमान्ने उनको टिप्प्णी थियो ।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गरिने तय छ । मतदानको ९० दिन मात्र बाँकी रहँदा आयोग र दलहरुले निर्वाचन केन्द्रीत गतिविधिलाई तीव्र बनाएको छ । निर्वाचनकै सन्दर्भमा आइतवार अन्तरक्रिया गरिएको हो ।