मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको छ। आइतबार रातीको पानीले गर्दा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
अविरल वर्षाले गर्दा अन्नपुर्ण गाउँपालिलका अन्तर्रगतका जलथले, रुप्से झरना, काभ्रे भिरमा पहिरो गएको छ। पहिरोले गर्दा सडक अबरुद्ध भएको कालिगण्डकी करिडोर सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । सडक मर्मतका लागि प्रयास भईरहेको भए पनि पहिरो झर्न नरोकिएकोले काम हुन नपाएको शेरचनले जानकारी दिए । जलथलेमा लगातार पहिरो झरी रहेकोले गर्दा सडक खुलाउन समस्या भएको शेरचनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले अन्नपुर्ण गाउँपालिका– ३ दानाको जलथले, रुप्से र काभ्रे भिरमा पहिरोले सडक अबरुद्ध भएको बताए । सडक खुलाउनका लागि सडक आयोजना र प्रहरी टोली खटेको भए पनि खुल्न समय लाग्ने प्रनाउ भारतीको भनाई छ ।