काठमाडौं। एक महिनाको अवधिमा निर्माण कम्पनीसहित दुई हजारभन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्। कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा निर्माण कम्पनीसहित २ हजार २५ व्यक्ति तथा कम्पनीहरु कालो सूचीमा परेका हुन् ।
कालोसुचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्स देखी बचत तथा ऋण सहकारी समेत रहेका छन्। यस महिनामा हात्तीगौंडा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिस, जाल्पादेवी अटोमोटिभस प्रालि र कान्छाराम कन्ट्रक्शन प्रालि रहेका छन् ।
त्यस्तै होलिडे रेष्टुरेन्ट एण्ड सिसा क्याफे, वरपीपल किसान फार्म, एक्पो इन्टेरियर एण्ड कन्ट्रक्शन, अभियान कृषि विकास केन्द्र प्रालि, डाइमन्ड इन्टरनेशनल नेपाल, मनास्लु जडिबुटी प्रशोधन उद्योग, न्यु जयमाँ भगवती इट्टा उद्योग र जनमिलान सेभिङ एण्ड क्रेडिटको अपरेटिभ कम्पनी कालोसूचीमा परेका हुन् ।
तथ्याङक अनुसार सोही अवधिमा कालोसूचीमा परेका कम्पनीहरुमा तन्दुरी फुडल्याण्ड वीथ थकाली भान्साघर, न्यु पाथीभरा फर्निचर उद्योग, अन टाइम फर्मास्युटिकल्स एण्ड सर्जिकल प्रालि, टेलिपोर्ट एक्पो एण्ड इम्पोर्ट प्रालि रहेका छन् ।
त्यस्तै कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा फर्पिङ दक्षिणकाली मेट्रो बस सर्भिस, एशोसिएट्स वेलकम इन्टरनेशनल प्रालि, स्वागतम यातायात लिमिटेड, रोयल मिथिला एक्पोर्ट इम्पोर्ट प्रालि, डेरी डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर,बाल निकेतन एजुकेशन फाउन्डेशन र लाइफ टुर एण्ड ट्राभल प्रालि रहेका छन् ।
केन्द्रका अनुसार रेड डिंगो रेष्टुरेन्ट एण्ड बटिक इन प्रालि, पिस ल्याण्ड होटल एण्ड रेष्टुरेन्ट, जय हनुमान बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको हो । उक्त सहकारीका सञ्चालकमा रविन कुमार थापा र राम बहादुर खड्का रहेका छन् । त्यस्तै, सारथी ओभरसिज रिक्रयुमेन्ट प्रालि र कर्णाली मल्टी रियल स्टेट कम्पनी पनि सोही महिना कालोसूचीमा परेको हो केन्द्रको तथ्यांकमा उल्लेख ।
त्यसैगरी केन्द्रले पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरटिभ र देउराली मल्टीप्रपोज को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा सुनिल कुमार श्रेष्ठ र टंक बहादुरकार्की रहेका छन् भने देउराली मल्टीप्रपोज को–अपरेटिभका सञ्चालकमा पुजा खत्री र रविन्द्र चौलागाई रहेका छन् । आर्थिक न्यूजबाट