काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नक्सा पासबिना निर्माण भएका अदालतकाे संरचना पनि भत्काइने चेतावनी दिएका छन्।
महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रष्ट पार्दै उनले जिल्ला अदालतले नक्सा पास भएकाे प्रमाण पेश गर्न नसके संरचना भत्काइने बताएका हुन् ।
बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेकाे मेयर साहले सबै अनधिकृत संरचना हटाउने प्रष्ट पारे।
महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने भन्दै साहले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यहाँ पनि डाेजर चल्छ ।'