काठमाडौं। मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामा जापानको अग्लो हिमाल चढेका छन्। गायक लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका हुन् ।
उनले जलवायु संकटविरुद्धको सन्देश दिन ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेको बताएका छन्। फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका छन्।
गायक लामाले सात घण्टा लगाएर फुजीको चुचुरोमा पुगेका हुन्। फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका छन् । ‘चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो । उनले भने, ‘माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें।’
अलग–अलग हिमालहरु चढ्नुको उद्देश्य संसारभर जलवायु परिर्वतनले पारेको असरविरुद्धको सन्देश भएको राजुले बताए । फुजी आरोहणअघि लामाले राजधानी टोकियोमा भव्य कन्सर्ट समेत गरेका थिए ।
यस अघि गायक लामाले गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।