काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थलमा नयाँ टर्मिनल बनाउन प्रक्रिया शुरु गरेको छ। प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेको भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।
विमानस्थलमा टर्मिनल भवन निर्माण गर्नका लागि ठेक्का आह्वान गरिएको छ। विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाज समेत बढ्दा भीडभाड बढी हुने गरेको छ ।
पछिल्लो समय भरतपुरमा नारायणगढ–मुग्लिन सडक र नारायणगढ–बुटवल सडकको कारणले हवाइ यात्रुको चाप समेत बढेको छ ।
बहुवर्षीय कार्यक्रमअन्तर्गत भरतपुर विमानस्थलका टर्मिनल भवन निर्माणमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन भरतपुरसहित विमानस्थल र नेपालगञ्जमामा करिब नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ ।
ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहित हुनेछ । आन्तरिकमा पसल कबलसहितको एयर कण्डिसन, खुला र फराकिलो हुने गरी बनाइने छ । एक महिनाको सूचनापछि मूल्यांकन गरेर दुई महिनाभित्रै ‘अवार्ड’ हुनेछ ।