पाल्पा। पाल्पाको रिब्दिकोट गाउँपालिकामा जलेश्वर शिब मुर्ति बन्ने भएको छ। सो गाउँपालिकाले ऐतिहासिक धार्मिक सम्पदाहरुलाई जगेर्ना गर्ने उद्देश्यले जलेश्वर शिब मुर्ति निर्माण गर्ने योजनालाई अगाडी बढाएको हो। रिब्दिकोट गाउँपालिकाको खस्यौलीमा सो मुर्ति बनाउने भएको छ। सो क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने भएको कारणले गर्दा पर्यटकलाई अझ बढी आकर्षित गर्न शिब मुर्ति बनाउने भएको हो।
रिब्दिकोट गाउँपालिकाले शिब मुर्ति निर्माण गर्नको लागि करिब १ करोड लागतमा ठेक्का आह्वान गरेको छ। ठेक्का लागे लगत्तै मुर्ति बनाउने कार्यलाई अगाडी बढाउने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ। सो मुर्ति निर्माण भएपश्चात त्यस क्षेत्रमा धार्मिक पर्यटन बढने आकलन गरिएको छ। जलेश्वर क्षेत्रमा मुर्ति निर्माण भएपछि रिब्दिकोट गाउँपालिकाको मात्र नभएर पुरै पाल्पा जिल्लाकै धार्मिक क्षेत्रको विकासमा टेवा पुग्ने छ। गाउँपालिकाले धार्मिक क्षेत्रलाई प्राथमिकतामा राख्दै मुर्ति निर्माणको कार्यलाई अगाडी बढाएको छ। शिब मुर्ति निर्माण भएपश्चात त्यस क्षेत्रको सौन्दर्यता पनि बढ्ने छ।