तुलसीपुर। राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा सोमबार बिहानैदेखि आवतजावत ठप्प भएको छ।
त्यस ठाउँमा विभिन्न तीन(चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ। पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्छ।
गएरातिदेखि नियमित पानीका कारण पहिरो गएको हो। पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी पुगेको छ।