दाङ। निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ। वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ।
बाटो बन्द भएकाले सवारी साधनहरू सल्यानको कपुरकोट र दाङको तुलसीपुरमा रोकिएका छन्।