काठमाण्डौं- ७ अर्वको लगानीमा काठमाण्डौं उपत्यका लगाएत देशको विभिन्न क्षेत्रमा सुमार्गी ग्रुप अफ इन्डष्ट्रिजले ५ वटा ठुला होटल सञ्चालनमा ल्याउने भएको छ ।
सुमार्गी ग्रुपका अनुसार काठमाण्डौंको सुन्धारामा अपार्टमेन्ट होटेल निर्माण कार्य भइरहेको साथै निर्माण कार्य ८० प्रतिशतभन्दा वढि भइसकेको छ यस ग्रुपले कोरोना महामारीलाई मध्यनजरमा राखेर हस्पिटालिटी क्षेत्रमा ठुलो धन राशी लगानी गर्ने निर्णय गरेको छ ।
कठमाण्डौं तथा पोखरामा ठाउँ निश्चित गरी बुटिक होटेल सञ्चालन गर्ने साथै आन्तरीक पर्यटकलाई लक्षित गरी संखुवासभाको तुम्लिङटारमा र काभ्रेपलाञ्चोक जिल्लामा कुनै एउटा पर्यटकको लागि पाएक पर्ने ठाउँ छनोट गरी होटेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सुमार्गी ग्रुप अफ इन्डष्ट्रिजका बोर्ड अफ डाइरेक्टरका अनुसार, वैंक, वित्तिय संस्था, वैदेशिक लगानी साथै कम्पनीको नाफाहरुको सहयोगवाट हस्पिटालिटी क्षेत्रलाई तीब्रतर रुपमा वढाई रोजगारीको अवसरलाई पनि वढवा दिने यस कम्पनीको उद्देश्य रहेको छ ।
यस कम्पनीको हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने योजना धेरै पहिले देखि नै भएता पनि वैदेशिक लगानीमा वाधाँ र अवरोधको कारण ढिलाई भएको र कोभिड महमारी सुरुवात भएको मौका छोपी यस कार्यलाई अगाडी वढाएको हो । किनभने कोभिडको कारणले गर्दा मानिसहरु उकुसमुकुस भएर घरभित्रै बस्नुपरेको छ कोभिड महामारी कम भएपछि मानिसरु घुमघामा निस्कने हुँदा पर्यटन क्षेत्र चलायमान हुन्छ भन्ने अपेक्षाका साथ सुमार्गी ग्रुपले हस्पिटालिटी क्षेत्रमा लगानी गरेको हो ।