काठमाडौं। रुरु जलविद्युत परियोजना लिमिटेडका युवा संचालक सागर पाठक सम्मानित भएका छन्। रुरु जलविद्युत परियोजना लिमिटेडका युवा संचालक २१ वर्षिय सागरले सबै भन्दा सानो उमेरमा धितोपत्र बजारमा सुचिकृत कम्पनीको संचालक समितिमा निर्देशक भएकोमा विश्व कीर्तिमानी कायम गरेर आधिकारिक संस्थाबाट सम्मानित भएका हुन्।
परियोजनाको १६ औं वार्षिकोत्सवबाट सागर २१ वर्ष १० महिना १२ दिनको कलिलै उमेरमा संचालक समितिमा नियुक्त भएका थिए। गत भाद्र १३ गते सोमबारको दिन उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालको हातबाट उक्त आधिकारिक प्रमाणपत्र हस्तान्तरण भएको थियो।
सागरले नेपाल इन्जिनीयरिङ्ग कलेज चाँगुनारायणबाट सिभिल इन्जिनीयरिङ्ग अध्ययन गरेका हुन् भने हाल एमबिएको पढाई गर्दै छन्।
सेयर मार्केटमा राम्रो स्थानमा पर्न सफल रुरु जलविद्युत परियोजना गुल्मीमा ५ मेगावाट विद्युत उत्पादन क्षमताको रहेको छ।