बागलुङ। बुधबार साँझदेखि लगातार परेको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बिभिन्न ठाउँमा पहिराको खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो। यसअघी मंगलबार साँझ पहिराका कारण बन्द भएको सडक बुधबार दिनभर लगाएर खोलिएको थियो।
ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन बीचबाटोमै थन्किएका छन्।