पाल्पा। सिद्धार्थ राजमार्ग पुनस् अवरुद्ध भएको छ। गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो।
तानसेन–बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो झरेको र राजमार्गनै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
अहिले राजमार्ग पूर्णरूपमा बन्द छ। मोटरसाइकल समेत चल्न सक्ने अवस्था छैन। बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।
वैकल्पिक सडक निर्माण गरिएको थियो। केही समय एकतर्फी सुचारु भएपनि अविरल वर्षाका कारण फेरि पहिरो झरेको छ। भने राजमार्गसमेत भासिएको छ। पानी परिरहेएकाले पहिरो पन्छाउन समस्या भइरहेको बताइएको छ। कतिबेला सुचारु हुन्छ भन्नेबारे यकिन छैन।
कयौं सवारी साधन रोकिएका छन्। टाढा टाढा पुग्ने सयौं यात्रु बिच बाटोमै अलपत्र परेका छन्।