काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
शुक्रवार बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो।
दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।
निरन्तरको वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ। तर पहिरो पन्छाउनका लागि आवश्यक समन्वय भइरहेको बताइएको छ।
सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो।