काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा थुपारिएको निर्माण सामाग्री हटाउन शुरु गरेको छ । महानगरको टोलीले शुक्रबार डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टीलगायत निर्माण सामग्री हटाएको हो ।
सडकमा नै निर्माण सामाग्रीहरु राख्दा पैदल यात्रु तथा सवारी आवतजावतमा असहज हुने भएकाले शुक्रबारदेखि सडकमा थुपारिएका निर्माण सामाग्री उठाउन थालेको महानगरले जनाएको छ। सडकमा निर्माण सामग्री नराख्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि सामग्री हटाएर जफत नै गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको हो ।
याे पनि:
यस कारण मेयर शाहले डोजर लगाएर भत्काउँदै छन् व्यवसायीक भवनका संरचना